कांग्रेस नेतृ कोइराला भन्छिन्- 'चार दलले गरेको चुनावको मान्यता हुँदैन'
असार २६ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्ने भन्दै चार दलले मात्रै गरेको चुनावको मान्यता नहुने बताएकी छन् ।
सो क्रममा उनले राष्ट्र कमजोर भएको अवस्थामा सबै दलको सहमति र सहकार्यमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीत चुनाव गरेर राजनीतिक सङ्कटको निकास खोज्नुपर्ने बताइन् ।
सबै दलको सहमति, सहकार्य र एकतामा जोड दिँदै उनले चार दलले मात्रै गरेको चुनावको मान्यता नपाउने जिकिर गरिन् ।
नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यजीहरूले के भने भनेर आफूलाई थाहा नभएको भन्दै सबै दलको राष्ट्रिय सहमति हुनुपर्ने र निर्वाचनमा सबै दल आउनुपर्ने बताइन् ।
प्रकाशित मिति:
July 10, 2013