दार्चुला बगाउँदा कोही गएनन्, खुर्सिद आउँदा लाम लागेर गए
असार २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दार्चुला बगाउँदा कोही पनि नेता नगएको तर भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा लाम लागेर गएको भन्दै आपत्ति जनाएका छन् ।
केसीले चाकडी र दलाली गरेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने मान्यताले लाइन लागेर भारतीय विदेशमन्त्रीलाई भेट्न गएको आरोप समेत लगाएका छन् ।
राजधानीमा बुधबार भएको एक कार्यक्रममा उनले नेताहरु कुटनीतिक मर्यादा भुल्दा नेपालीको शिर निहुरिएको समेत बताए ।
दार्चुला बाढीले बगाउँदा कोही गएनन तर, भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा सबै लाम लागेर गए उनले कार्यक्रममा भने- 'सबै कुरा भारतले गर्ने भए हामिले नेपाली जनतालाई हामी गर्छौं भनेर किन झुक्याउने ?'
प्रकाशित मिति:
July 10, 2013