विदेश जाँदा फ्री भिसामा उठाइने चर्को रकम नियन्त्रण गरिने

वैदेशिक रोजगार विभाग सम्पूर्ण खर्च बेहोर्ने गरी पठाएका फ्री भिसामा उठाइने रकम नियन्त्रण गर्ने भएको हो ।
खाडी मुलुकका प्रतिष्ठित कम्पनीले सम्पूर्ण खर्च बेहोर्ने गरी पठाएका फ्री भिसामा म्यानपावर कम्पनीले रकम लिने गरेको गुनासो हटाउन नियन्त्रणका कार्यक्रम गरिने नयाँ पत्रिकामा खबर छ ।
म्यानपावर व्यवसायीले फ्री भिसामा प्रवर्द्धन शुल्कका नाममा ४० हजार रुपैयाँसम्म लिने गरेको सरकारी अधिकारीहरुको भनाई छ ।
वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले प्रवर्द्धन शुल्क र हवाई टिकट नलाग्ने कामदारको मागपत्रका लागि रकम असुली हुने गरेको गुनासो आउने गरेकाले त्यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिएका छन् ।
प्रकाशित मिति:
July 21, 2013