• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एमाओवादीमा झनै किचलो, बाबुरामलाई बरिष्ठ नेता बनाए समानन्तर हेडक्वार्टर
एमाओवादीमा झनै किचलो, बाबुरामलाई बरिष्ठ नेता बनाए समानन्तर हेडक्वार्टर

साउन ४ । एकीकृत नेकपा माओवादी भित्रको विवाद झनै बढेर गएको छ । विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पदबाट राजीनामा दिएका बाबुराम भट्टराईलाई बरिष्ठ नेता बनाउने प्रस्ताव गरेको त्यो पनि विवादित बन्न पुगेको छ ।

प्रचण्ड पक्षधरहरुले वरिष्ठ नेता बनाए समानान्तर हेडक्वार्टर बन्ने भन्दै आलोचना गरेपछि यो प्रस्ताव पनि अन्यौलमा परेको हो । तर बाबुरामले भने उक्त प्रस्ताव स्वीकार गरेका थिएनन् ।

पार्टीभित्र उचाईमा पुगेको पदिय विवाद मिलाउन एकीकृत माओवादीको विस्तारित बैठक पनि आजदेखि सुरु हुँदैछ ।

मध्यान्ह ललितपुरस्थित खन्ना गार्मेन्टमा सुरु हुने पार्टीमा पदाधिकारी हेरफेर सम्बन्धी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

यसअघि भट्टराईले पार्टीमा पदलोलुपता बढेको भन्दै पदबाट राजीनामा दिएपछि माओवादीको विवाद उत्कर्षमा पुगेको थियो ।

करिब महिना दिन अघि बसेको एमाओवादीको केन्द्रीय कमिटि बैठकमा पदिय विवाद मिल्न नसकेपछि अध्यक्ष प्रचण्डले बिस्तारित बैठक आह्वान गर्दै केन्द्रीय कमिटि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति: July 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |