एनएफडीसी फिल्म अवार्ड चलचित्रमा ‘सायद’ सर्वोत्कृष्ट
असार ६ । नेपाल चलचित्र विकास कम्पनीले आयोजना गरेको ‘एनएफडीसी फिल्म अवार्ड’ शनिबार काठमाण्डौमा सम्पन्न भएको छ ।
कुल १६ विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा चलचित्र ‘सायद’ले ७ वटा विधामा अवार्ड चुमेर सर्वोत्कृष्ट भएको छ । नेपालका सफल चलचित्रकर्मीहरुको नामबाट अवार्ड वितरण गरिएको थियो । अवार्ड कार्यक्रममा आकर्षक पात्र गायक उदितनारायण झा र दिपा झा रहेका थिए। १२ बर्षपछि नेपाल फर्केका आएका झा बढि इमोस्लनमा देखिएका थिए भने प्राय कलाकारले उनको नाम लिन भ्याएका थिए।झा पनि प्रत्येक पटक आफू बसेको ठाउँबाट उठ्दै सबैको मायाबाट मक्ख थिए। साढे ३ बजेबाट सुरु भएको अवार्ड समारोह साढे ९ बजे सम्म चलेको थियो । आयोजकले समयको व्यवस्थित नगर्नाले कार्यक्रममा खल्लो महसुज भएको थियो ।
अवार्ड कार्यक्रमको सुरुवात नायक राजेश हमालले गरेका थिए । अवार्डको विधाका प्रत्येक विजेताले ५१ हजार नगद पुरस्कार दिइएको थियो । यस्तै सर्वोत्कृष्ट निर्देशकले भने १ लाख नगद पुरस्कार दिइएको थियो । सर्वोत्कृष्ट नायक तथा नायिकाले ५१ हजार नगदसहित सामसुङ ग्यालेक्सीको ट्याब समेत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
July 21, 2013