बीपीको ३१ औं स्मृति दिवस मनाइदै
साउन ६ । नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाइदै छ ।
अहिले काङ्ग्रेसले बीपी सङ्ग्रालय काठमाडौको सुन्दरीजलमा विशेष कार्यक्रम गर्ने जनाएको छ । वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो ।
उनी नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाले चिनिएका थिए ।कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई,तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू लेखेर नेपाली साहित्य क्षेत्रमा ठुलो योगदान दिएका थिए ।
राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना कोइराला योगदान रहेको छ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।

क्यान्सर रोगको पिडाले २०३९ साल साउन ६ गते कोइरालाको निधन भएको थियो ।
प्रकाशित मिति:
July 21, 2013