नेपाल द्वारा बंगलादेश २-० ले पराजित
भदौ १५ - नेपालले साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
काठमाडौंमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले लामो समयदेखिको गोलको खडेरी चिर्दै बंगलादेशलाई २–० ले हरायो ।
घरेलु मैदान र दर्शकको समर्थनका बीच नेपालले पहिलो हाफमै २ गोल गर्यो । उच्च फर्ममा रहेका अनिल गुरुङले १८ औं मिनेटमै गोलको खाता खोले ।
गुरुङले विपक्षीको रक्षापंक्तिलाई छक्काउँदै हेडमार्फत गरेको आकर्षक प्रहार सीधै गोलमा परिणत भएको थियो । खेलको ३१ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर पारे । अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङ र खवास दुवैको यो आठौं गोल हो । खवास खेलको म्यान अफ द म्याच भए ।
यो खेलमा नेपालले खेलको सुरुवातदेखि नै बंगलादेशलाई दबाबमा राखेको थियो । नेपाली स्ट्राइकरसामु बंगलादेशी रक्षापंक्ति निरिह देखिए । बंगलादेशले गोलका लागि धेरै अवसर सृजना गरेपनि गोलकिपर किरण चेम्जोङले सबै प्रहार विफल पारेका थिए ।
अग्र, मध्य तथा रक्षापंक्तिका सबै नेपाली खेलाडीको तालमेल उत्कृष्ट रहेको थियो । प्रतियोगितामा कठिन समूहमा परेको नेपाललाई आजको जितले अघिल्लो चरण प्रवेशका लागि आफ्नो दाबेदारी पनि प्रस्तुत गरेको छ ।
साफ च्याम्पियनसिपमा बंगलादेशमाथि नेपालको यो लगातार दोश्रो जित हो । यसअघि सन् २०११ मा भारतको नयाँ दिल्लीमा भएको प्रतियोगितामा पनि नेपालले बंगलादेशलाई हराएको थियो ।
- स्रोत उज्यालो अनलाइन

प्रकाशित मिति:
August 31, 2013