युइएफए सुपर कपको उपाधी बार्यन म्युनिखलाई
चेक गणतन्त्रमा गए राती भएको भएको खेलमा बार्यन यूनिख र चेल्सी निर्धारित समयमा २-२ को बराबरी रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
चेल्सीका फर्नान्डो टोरेसले सुरुको आठौं मिनेटमा गोल गरेर अग्रता दिएका थिए । बार्यनले पहिलो हाफ पछि ४७ औं मिनेटमा फ्राँङक रिबेरीले गोल गरी बराबर गराए ।
निर्धारीत समयमा बराबरीपछि थप समयको तिन मिनेटमै चेल्सीका इडेन हर्जार्डले गोल गरी खेल दुई -एकको स्थितिमा पुग्यो । तर बार्यनका जाभी मार्टिनेजले अन्तिम सयममा फेरी गोल प्रहार गरी बाराबरमा ल्याए । त्यस पछि सुरु भएको पेनाल्टी सुटआउटको क्रममा ५–४ पछाडी पार्दै बार्यन म्यूनिखले उपाधी हातपार्न सफल भएको हो ।
प्रकाशित मिति:
August 31, 2013