सरकारले सेना परिचालन गरेर चुनाव गराउने

खासगरी नेकपा माओवादी नेतृत्वको मोर्चाले निर्वाचन बहिष्कारको निर्णय गरेपछि सेनालाई सुरक्षाको अगुवाइ गर्न दिने तयारी अघि बढाइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।
गृह मन्त्रालयले दुई महिनाअघि नै एकीकृत चुनावी सुरक्षा योजना तयार पारे पनि मोहन वैद्य नेतृत्वको माओवादीलगायत निर्वाचन प्रक्रियाप्रति असहमत पक्षसग उच्चस्तरीय राजनीतिक समिति र सरकारसगको वार्ताको परिणाम पर्खेको थियो । निर्वाचन प्रक्रियाप्रति असहमत ठूलो समूह बाहिरै रहने भएपछि सरकार सेना परिचालनको निष्कर्षमा पुगेको छ ।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे र
प्रधानसेनापति गौरवशमशेर जबराबीच यसबारे विभिन्न चरणका छलफल भइसकेको सैनिक स्रोतले बतायो
प्रकाशित मिति:
August 31, 2013