रामेश्वर खनाल प्रत्यक्ष चुनाव लड्न कांग्रेसमा पस्ने

कांगेस केन्द्रीय समितिको आगामी बैठकले प्रवेशका लागि सकारात्कम निर्णय गरेमा त्यस लगत्तै उनी कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको बताइएको छ ।
कांग्रेसका विभिन्न नेतासँग खनालको अनौपचरिक कुराकानी भइसकेको छ।
रामशरण महत, गगन थापा, दीपकुमार उपाध्यायलगायतका दोस्रो तहका नेतासँग बेग्लाबेग्लै विभिन्न चरणमा कुराकानी भइरहेको छ,खनालले भने,सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये एक जनासँग मात्र कुरा भएको छ। उनले ती एक जनाको नाम भने खुलाउन नचाहेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
प्रकाशित मिति:
August 19, 2013