पोलथिन र प्लाष्टिक रोक्न हाम्री बहिनीको अभियान
भदौ १५ । बढ्दो बातावरणीय प्रदूषणलाई कम गर्न विश्वभरका हरेक देशहरुमा विभिन्न उपायहरु अवलम्वन गर्दै आएको छ ।
कार्वन उत्पादनमा कटौती गर्दै जाने विषयमा विश्वका विकसित देशहरु सहमत भएका छन् र त्यसै अनुरुप आफ्ना कामहरु गर्दै पनि आएका छन् । वातावरणीय प्रदुषणलाई बढाउने विभिन्न मानविय कार्यहरुलाई नियन्त्रण गर्न आवस्यकीय रहेको छ ।
कतिपय अवस्थामा विकल्पहरु पनि खोजिनु पर्दछ । नेपालमा पनि वातावरणीय प्रदुषणलाई कम गर्न विभिन्न उपायहरु अवलम्वन गरीदै आएको छ ।
यसैक्रममा पोलिथिन र प्लास्टिक झोलाहरुको प्रगोगले वातावरणीय प्रदुषण बढाउने हुँदा त्यस्ता झोलाका ठाउँमा कपडा, जुट र कागजका झोलाहरु प्रयोगमा ल्याउन हाम्री बहिनीले अभियान नै चलाएको छ । जर्मन सहयोगमा हामी्र वहिनी सस्थाले वातावरण मैत्री झोलाहरु प्रयोगमा ल्याएर वातावरणीय प्रदुषण घटाउन सहयोग पुर्याने भएको छ । पोलिथिन वा पलाष्टिक झोलाको प्रयोगले माटोमा समस्या, वातावरणीय समस्या निम्ताएको छ ।
पोलिथिन वा पलाष्टिक झोला हजारौ वर्षसम्म पनि नकुहीने र माटोलाइ नै असर पुर्याउनको साथै जलाउदा पनी दुषीत धुवा निष्कने गर्नाले मानविय जिवनमा प्रतिकुल असर पार्ने भएकोले पोलिथिन झोलाई विस्थापित गरी जुट, सति, र कागजका झोलाहरु विकल्पकारुपमा प्रयोगमा ल्याउने अभियानमा हाम्री बहिनी लागेको छ ।
हाम्री बहिनीले जुट, कपडाका र कागजका झोलाहरु उत्पादन गरी स्वरोजगार पनि दिलाउने साथै पोलिथिन झोलाको सट्टा यस्ता झोलाहरु प्रयोगमा ल्याएर वातवरणीय प्रदुषण रोक्न सहयोग पुर्याउने भएको हो । यस सस्थाले वेरोजगार महिलाहरुलाई रोजगारी दिएर झोला उत्पान गर्ने जनाएको छ ।
यस सस्थाले आज काठमाण्डौको महाराजगंजस्थीत रहेको सेल्सवेज डिपार्टमेन्टल स्टोरमा पनि पोलिथिन र पलास्टीक झोलाको सट्ट यस सस्थाद्धारा उत्पादीत जुट, कपडा र कगजका झोलाहरु प्रयोगमा ल्याउने सम्झौता गरेको छ । यसअघि पनि यस सस्थाले विभिन्न सुपरमार्केट र डिपार्टमेन्टल स्टोरहरुमा संझौता गरीसकेको छ भने यस अभियानलाई अझै बढावा दिएर लैजाने बताएको छ ।
प्रकाशित मिति:
August 31, 2013