चुनावपछि बन्ने राज्य पुनर्सरचनालाई विदेशीको ५० करोड, यसै सरकारद्धारा काम सुरु

राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)ले दिने ५० करोडको ठेक्का पाएर सामान्य प्रशासन मन्त्रालयले चुनावपछि बन्ने संविधानसभाले तय गर्ने राज्य पुनसंरचनाको खाका तयार गर्न सुरु गरेको हो ।
राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले ५० करोड दिएपछि सामान्य प्रशासन मन्त्रालयले प्रिपियर्ड नाम दिएर खाका बनाउन सुरु गरेको छ ।
'सामान्य प्रशासन मन्त्रालयको माथिल्लो तलामा प्रिपियर्डको सचिवालय बनाइएको छ' आजको नयाँ पत्रिकाले छापेको खबरमा उल्लेख छ- 'परियोजनाको जिम्मा सामान्य प्रशासन मन्त्रालयले पाएको भए पनि नयाँ प्रशासनिक संरचनाको मोडेल बनाउन आवश्यक सुभपाल लिन भन्दै दातृ निकाय युएनडिपीले नै आधा दर्जनभन्दा बढी परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेको छ '
यो परियोजनाका लागि युएनडिपी र सामान्य प्रशासन मन्त्रालयबीच गत मार्चमा ५० करोडको सम्झौता भएको थियो । त्यसको झन्डै तीन महिनापछि जुनदेखि यो परियोजना सञ्चालनमा आएको हो ।
प्रकाशित मिति:
August 02, 2013