तनहुँका अधिकांश होटलमा यौन धन्दा

तनहुँकै एक होटलमा रहेर उक्त कार्यमा संलग्न भएकी नेपाली थरकी एक युवतीले रहर नभई बाध्यताका कारण पनि यस्ता क्रियाकलापमा लाग्नुपरेको बताइन् ।
एकै दिनमा धेरै व्यक्तिसँग होटल मालिकले जर्बजस्ती पठाउने र पाउनुपर्ने शुल्क दिन पनि आलटाल गरेर दुःख दिने गरेको नाम नबताउने सर्तमा ती युवतीले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले अवैधानिक रुपमा गरिने कुनैपनि क्रियाकलापलाई प्रहरी प्रशासनले छुटकारा नदिने बताए ।उनले भने, “अवैधरुपमा बिक्री वितरण गरिने घरेलु मदिरा, लागुऔषध दुव्र्यसनी, यौन क्रियाकलापलगायतका कार्य गर्ने जो कोहीलाई पनि निरुत्साहित गरिनेछ ।”
हालसम्म उक्त कार्य हुँदै र गरिँदै आइरहेको भए पनि सुध्रन माइकिङमार्फत् जनचेतनाका अभियानहरु सञ्चालन गरिएको र उक्त कार्यपश्चात पनि सुधार नभएमा विशेष अभियान अघि बढाइने उनको भनाई छ ।
प्रकाशित मिति:
August 07, 2013