चट्याङ लागेर १० वर्षिय बालकको ज्यान गयो

गएराती परेको चट्याङका कारण तारा २ ठुलोहिलेका भविलाल रोकाका १० वर्षिय छोरा सिर्जन रोकाको ज्यान गएको स्थानीय लालबहादुर घर्तीले जानकारी दिए ।
घर्तीका अनुसार चट्याङ लागेर भविलाल रोका, उहाँकी श्रीमती धनकुमारी र छोरीहरू हरिकला र गेसकुमारी रोका घाइते भएका छन् । उनीहरू गएको असार ५ गते घरमाथिबाट आएको पहिरोबाट विस्थापित भई छिमेकी कम्चु रोकाको घरमा आश्रय लिएर बसेका थिए ।
चट्याङबाट स्थानीय दुई किलोवाटको पेल्ट्रिक सेटमा समेत क्षति पुगेपछि स्थानीय २५ घरमा विद्युत्लगायत संचार सुविधा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाबारे अध्ययन गर्न प्रहरीको टोली परिचालन गरेको बताएको छ । संचार सेवा अवरुद्ध भएका कारण घटनाबारे ढिला थाहा भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
August 02, 2013