३३ दलको बैठक बस्दै, वार्तामा जाने कि नजाने भन्ने विषयमा छलफल

सरकारले वार्ताका लागि आह्वान गरेको र जाने नजाने विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा माओवादीका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।
उनका अनुसार केही दलहरू वार्तामा जान नहुने पक्षमा रहे पनि नेकपा माओवादीसहित अधिकांश दलहरु वार्ता गर्नुपर्ने पक्षमा रहेका छन् । वार्तामा जाने विषयमा दलहरुबीच सहमति भयो भने वार्ता टोली पनि गठन हुने माओवादीले जनाएको छ ।
प्रकाशित मिति:
August 02, 2013