संविधानसभा सदस्य संख्या विषयमा उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुँदै

मधेसी मोर्चाले संविधानसभा सदस्यको सङ्ख्या बढाउनुपर्ने धारणा सार्वजनिक गरेपछि सङ्ख्याका विषयमा दलहरुबीच फेरि विवाद बढेको हो । यसअघि दलहरूबीच संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउने सहमति भइसकेको थियो ।
चुनाव चाहने दलहरुको धारणा एउटै हुनुपर्ने र सहमतिमा अघि बढ्नुपर्ने भए पनि मधेसी मोर्चाले सङ्ख्या बढाउने बताएकाले त्यस विषयमा छलफल गर्न बैठक डाकिएको समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
गएको फागुन ३० गते चार पक्षबीच भएको ११ बुँदे सहमतिमा ४ सय ९१ सदस्यीय संविधानसभा बनाउने सहमति भएको थियो ।
प्रकाशित मिति:
August 02, 2013