उम्लदै झन् गोर्खाल्याण्ड
भदौ ३ । स्वतन्त्र गोर्खाल्याण्डको माग गर्दै गरिएको शान्तिपूर्ण आन्दोलनमाथि दमन र राज्य सरकारले मागप्रति संवेदनशिल नबनेपछि आन्दोलन झनै चर्किएर गएको छ ।
यसअघि शुक्रबार गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटीले आहवान गरेका आन्दोलन समेत फेरबदल हुँदै झनै उचाईमा पुगेको छ ।
कमिटीले १६ तारिखदेखि २६ तारिखसम्मका आन्दोलन फेरबदल गरेको छ ।
आइतबार बसेको कमिटीको सर्वदलिय बैठकले ५ दिनका लागि तोकिएको 'घरभित्रै जनता' कार्यक्रम एक दिन मात्रै आयोजना गर्ने बाँकी चार दिन अर्थात २० देखि २३ तारिखसम्म 'जनता सडकमा' भन्ने अर्को कार्यक्रमको घोषणा गरेको छ ।
नयाँ कार्यक्रम अन्तर्गत गोर्खाल्याण्डको माग गर्दै घरभित्रैबाट आन्दोलन गरिरहेका आन्दोलनकारीहरु सडकमा उत्रन थाल्ने भएका छन् ।
त्यसैगरी, २४ र २५ तारिख गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रमा हातमा कालो पट्टी बाँधेर राँके जुलुस आयोजना गर्ने र २६ तारिख राजमार्ग र राज्यका अन्य सडक खण्डमा 'मानव साङ्लो' बिछ्याउने कार्यक्रम तय भएका छन् ।
राज्य सरकारले भने आन्दोलनलाई दमन गरेर लैजान खोजिरहेका बेला गोर्खाल्याण्डको माग गर्दै उत्रिएकाहरु भने रगत बगाउन समेत पछि नपर्ने उदघोषका साथ आन्दोलनमा होमिएका छन् । स्वतन्त्र गोर्खाल्याण्डको माग गर्नु उनीहरुको अधिकार समेत रहेको बताइन्छ ।
यसअघि शुक्रबार गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटीले आहवान गरेका आन्दोलन समेत फेरबदल हुँदै झनै उचाईमा पुगेको छ ।
कमिटीले १६ तारिखदेखि २६ तारिखसम्मका आन्दोलन फेरबदल गरेको छ ।
आइतबार बसेको कमिटीको सर्वदलिय बैठकले ५ दिनका लागि तोकिएको 'घरभित्रै जनता' कार्यक्रम एक दिन मात्रै आयोजना गर्ने बाँकी चार दिन अर्थात २० देखि २३ तारिखसम्म 'जनता सडकमा' भन्ने अर्को कार्यक्रमको घोषणा गरेको छ ।
नयाँ कार्यक्रम अन्तर्गत गोर्खाल्याण्डको माग गर्दै घरभित्रैबाट आन्दोलन गरिरहेका आन्दोलनकारीहरु सडकमा उत्रन थाल्ने भएका छन् ।
त्यसैगरी, २४ र २५ तारिख गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रमा हातमा कालो पट्टी बाँधेर राँके जुलुस आयोजना गर्ने र २६ तारिख राजमार्ग र राज्यका अन्य सडक खण्डमा 'मानव साङ्लो' बिछ्याउने कार्यक्रम तय भएका छन् ।

प्रकाशित मिति:
August 19, 2013