एक लाख ४४ हजार मृतकलाई सम्झदैँ अमेरिकालाई धिक्कारे जापानीहरुले
साउन २२ । जापानको एक विश्व चर्चित सहर हिरोसिमाका नागरिकले आज सो सहरमा ६८ वर्षअघि आजकै दिन भएको नरसंहारको दुःखद स्मरण गरेका छन् ।
सन् १९४५ को आजकै दिन अर्थात अगष्ट ६ मा जापानको हिरोसिमा सहरमा एटम बम खसालिएको थियो । सो बम हमलामा परी करिब एक लाख ४४ हजार नागरिकको ज्यान गएको थियो ।
दोस्रो विश्वयुद्धका समयमा संयुक्त राज्य अमेरिकाले सो सहरमा बम हमला गरेको थियो । आजको दिनलाई जापानी नागरिकले एक दुःखद संयोगका रुपमा बर्सेनि स्मरण गर्दछन् ।
उक्त सहरमा आज जम्मा भएका दशौँ हजार जापानी नागरिकले आजभन्दा ६८ वर्षअघि सो नरसंहारमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनीहरुले आणविक शस्त्रास्त्रको उक्त होडबाजी अब विश्वमा कहिल्यै पनि नहोस र हतियारको यस्तो दुरुपयोगबाट कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने कामना पनि गरेका छन् ।
जापानको हिरोसिमा सहरका साथै आणविक बिकीरणबाट पीडित अर्काे सहर फुकुसिमामा पनि शान्तिको कामना गरिएको छ ।
फुकुसिमामा पनि सन् २०११ को मार्च ११ मा आणविक भट्टी फुटेर भएको आणविक दुर्घटनामा परी केही नागरिकको ज्यान गएको थियो । सो स्थानमा पनि आणविक बिकीरणको खतरा अब कहिल्यै नहोस भन्ने कामना गरिएको बताइएको छ ।
हिरोसिमा सहरमा भएको सो दुर्घटनामा परी बाँचेका व्यक्ति, उक्त नरसंहारमा परी ज्यान गुमाउने नागरिकका आफन्तका साथै जापानी नागरिक र विदेशी कूटनीतिज्ञहरु समेत सो सहरमा आयोजित श्रद्धाञ्जली सभामा जम्मा भएका छन् ।
मङ्गलबार बिहान स्थानीय समयअनुसार ८.१५ बजे उक्त सहरमा नागरिक जम्मा भई त्यहाँ भएको बम आक्रमणमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सन् १९४५ को अगष्ट ६ तारिख बिहान ८.१५ बजे हिरोसिमा सहरमा अमेरिकाले शक्तिशाली एटम बम खसालेको थियो । त्यसैले हरेक वर्ष आजकै दिन बिहान ८.१५ बजे नै श्रद्धाञ्जली सभाको आयोजना गर्ने गरिन्छ ।
उक्त सभामा सरकारी अधिकारीहरु पनि उपस्थित भई औपचारिक समारोहको आयोजना गर्दछन् । सरकारी अधिकारीका साथै हजारौँ जापानी नागरिकले हिरोसिमा स्थापना गरिएको शान्ति स्तुपामा फूलमाला चढाएर शान्तिको कामना गर्दछन् ।
साथै सो आक्रमणमा मारिएका नागरिकहरुको नाम लेखिएको उक्त शान्ति स्तुपामा जम्मा भएर तिनका आफन्तजनले पनि सांस्कारिक परिक्रमा गर्ने गर्दछन् ।
अमेरिकाको बि २९ नामको युद्धक विमानले सो सहरमा एनोला गे नाम दिएर एटम बम खसालेको थियो । सो बमबाट तत्कालै एकलाख नागरिकको मृत्यु भएको थियो ।
साथै उक्त बमको असरका कारण सो वर्षको डिसेम्बर महिनासम्ममा एक लाख ४४ हजार नागरिकको ज्यान गएको थियो । तर अधिकारीहरुले उक्त समयमा हजारौँ नागरिक हराएकोले त्यो भन्दा पनि बढीको ज्यान गएको हुनसक्ने अनुमान गरेका छन् ।
दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको सो घटनाको तीन दिनपछि पुनः अर्थात अगष्ट ९ तारिखमा जापानकै अर्काे सहर नागासाकीमा पनि अर्काे बम खसालिएको थियो ।
नागासाकीमा पनि अमेरिकाले नै बम खसालेको थियो । उक्त बम हमलामा परी ७० हजार नागरिकको ज्यान गएको थियो । दोस्रो विश्वयुद्धमा जापान र अमेरिका दुई प्रतिद्वन्दी राष्ट्र थिए । सन् १९४१ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध भएको थियो ।
यी दुई हमलापछि जापानले अमेरिकासँग आत्मसमर्पण गरेको थियो । त्यसलगत्तै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । यो आक्रमणसँगै अमेरिका विश्वको ठूलो शक्तिका रुपमा उदाएको हो ।
मङ्गलबार बिहान आयोजित सो समारोहमा हिरोसिमाका मेयर काजुमि मात्सुले उक्त नरसंहारमा परी ज्यान गुमाउने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आगामी दिनमा यस्तो मानव विपत्तिको सामना कसैले गर्नु नपरोस भनी कामना गर्नुभयो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति:
August 06, 2013