बैठक चल्दाचल्दै प्रचण्ड फुत्तै निस्किएर भारतीय विदेश सचिवलाई भेटे
भदौ ३० । यसअघिको सर्वदलीय छलफलमा सहमति नजुटेपछि आइतबार दिउँसो दोस्रो सर्वदलीय बैठक राष्ट्रपति भवन शितल निवासमा चलिरहेको थियो ।
बैठककै बिचमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकबाटै फुत्तै निक्किए । बैठकमा महत्वपूर्ण विषयमा कुराकानी भईरहेको बेला प्रचण्ड निस्किएर लाजिम्पाटस्थित आफ्नै निवास हाकिएका थिए । त्यहाँ पुग्ने बित्तिकै उनको भेट भारतीय विदेशसचिव सुजाथा सिंहसँग भयो ।
लाजिम्पाटको झण्डै आधा घण्टाको भेटमा भने अध्यक्ष प्रचण्ड र विदेशसचिव सिंहबिच दलहरुबीच जारी संवाद, घोषित निर्वाचन लगायतका विषयम छलफल भएको बताइएको छ । तर, उनीहरुबीचको भेटवार्तालाई दुवै पक्षले गोप्य राखेका छन् ।
बैठककै बिचमा निस्किएका प्रचण्ड करिब ४५ मिनेटपछि पुनः शितल निवासमा फर्किएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्ड आउन साथ एक पटक बैठक कक्ष शान्त बनेको थियो । त्यसपछि भने पुनः छलफल अघि बढेको थियो ।
प्रकाशित मिति:
September 15, 2013