एमाओवादी निर्वाचन हुन नदिने षड्यन्त्रमा:ओली

काठमाडौ फर्कने क्रममा आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले नेकपा –माओवादीलाई निर्वाचन विरोधीको बिल्ला भिराएर एमाओवादी निर्वाचन हुन नदिने खेलमा लागेको बताए। “देशलाई फेरि हिंसामा लान खोज्ने तथा जालझेल दुष्प्रयास गर्ने शक्तिलाई एमालेले कुनै हालतमा सफल हुन दिँदैन ” नेता ओलीले भनाई थियो ।
आगामी संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदय हुने जिकिर गर्दै नेता ओलीले एमालेको बहुमतपछि तोकिएको समयमा संविधान बन्नेमा दाबी गरेका छन् ।
प्रकाशित मिति:
September 15, 2013