समानुपातिकमा उम्मेदवारी निवेदन दिने कार्यतालिका सार्वजनिक
असोज १४ ।निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेद्वारी दर्ता गराउन राजनीतिक दलहरूलाई आज सोमबार निवेदन दिने कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार आज समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई पहिलो चरणमा निवेदन दिनुपर्ने कार्यसूची तय गरी सार्वजनिक रूपमा आह्वान गरेको हो ।
सो निवेदन नदिने दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने व्यवस्था भएकाले निवेदनका लागि आह्वान गरिएको हो ।
आयोगले निवेदन दर्ताका लागि सोमबार बिहान कार्यालय समय सुरु भएदेखि कार्यालय समय अन्त नहुँदासम्मको लागि समयावधि तोकेको छ ।
समानुपतिक प्रणालीमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको सहजताका लागि प्रारम्भिक चरणमा निवेदन आह्वान गरिएको प्रवक्ता राईको भनाइ छ ।
यसैगरी आयोगले यही असोज १५ गते निवेदन प्राप्त भएका राजनीतिक दलको निवेदन छानबिन गरी नामावली प्रकाशन गर्नेछ । असोज १६ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।
प्रवक्ता राईका अनुसार असोज १७ गते समानुपातिक उम्मेदवारका लागि निर्वाचन चिन्ह प्रदान गरिने छ ।
आयोगले सोमबार सम्पूर्ण राजनीतिक दललाई सभ्य र मर्यादित रूपमा कार्यालय समयभित्र उपस्थित भई निवेदन दर्ता गराउन भनेको छ । रासस

प्रकाशित मिति:
September 30, 2013