• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सल्यानमा काजक्रिया गरिसकेका व्यक्ति चार महिनापछि जिउँदै घर फर्किए
सल्यानमा काजक्रिया गरिसकेका व्यक्ति चार महिनापछि जिउँदै घर फर्किए

असोज ५ । गएको असार महिनामा भारतको केदारनाथ गौरीकुण्डबाट बेपत्ता भएका एक व्यक्ति चार महिनापछि जीवित्तै घर फर्केका छन्। जिल्लाको भल्चौर– १ का बाबुराम विक शुक्रबार जीवित्तै घर फर्केका हुन्। चार महिना बितिसक्दा पनि उनको कुनै खबर नआएपछि परिवारले उनको काजकिरियासमेत गरिसकेका थिए ।

काजक्रिया गरेर माया मारिसकेका बाबुराम फर्किएपछि घर परिवार र छिमेकीले उनलाई बाजागाजासहित घरमा लगेका थिए। काजक्रिया गरिसकेको हुँदा शनिबार बिहान गाउँलेले स्थानीय शिव मन्दिरमा विक र उनकी श्रीमती नोखी विकको दोस्रो विवाहसमेत गराइदिएका छन्। असारदेखि रातो कपडा, सिन्दुर, चुरापोते लाउन छाडेकी विकले पुनः लाउन पाएकी छिन्। श्रीमान् घर फर्केर आएपछि दोस्रो विवाह गाउँलेले गराई दिँदा उनी धेरै खुसी छिन् ।

बेपत्ता भएका उनको गाविसमा मृत्यु दर्तासमेत भइसकेको बताइन्छ। बाढीमा परेर घाइते भएका बाबुरामलाई बेहोस अवस्थामा सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल पुर्‍याएको थियो। होसमा आएपछि आफू नजिकैको कर्णपारक अस्पताल रहेका थाहा पाएका उनले रासससँग टेलिफोनमा भने, 'सेनाको उद्धारबाट बाँच्न सफल भएँ, मैले पुनर्जन्म पाएँ।'

उपचारका क्रममा झण्डै दुई महिना अस्पताल बसेको र अस्पतालले नै घर जान दुई हजार ५०० गाडी भाडा दिएको उनले बताए। गौरीकुण्डमा घाइते भएका धेरै नेपालीले उक्त अस्पतालमा उपचार गराइरहेको उनको भनाइ छ। रासस

प्रकाशित मिति: September 21, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


राष्ट्रिय प्राविधिक महोत्सवको २५ हज...

विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

सडक सञ्चालनसँगै खोटाङका पुराना बस्त...

माघ मसान्तसम्म एक लाख घर बन्ने
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |