एमालेका पूर्व सभासद् एमाओवादीमा छिरे
असोज १४ । पूर्व सभाषद समेत रहेका एमाले वैकल्पिक केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार एमाओवादी प्रवेश गरेका छन् ।
अघिल्लो संविधानसभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नं १ बाट विजयी भएका थिए ।
उनलाई आज पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालले खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्ने क्रममा उनले नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह एमाओवादी मात्रै भएको बताए । अल्पसङ्ख्यक जाति, जनजाति तथा आदिवासीको अधिकारलाई संस्थागत गर्न आफू एमाओवादीमा प्रवेश गरेको उनको भनाई छ ।

प्रकाशित मिति:
September 30, 2013