बेवारिसे २७ कार्टुन औषधी १५ महिनापछि अस्पतालमा
दिप बहादुर घर्ति/जाजरकोट
असोज १४ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको लापरवाहीले सुर्खेत राकमका एक होटलमा बेवारीसे अवस्थामा रहेको औषधी १५ महिना पछि जाजरकोट आईपुगेको छ ।
केही दिन अगाडी जाजरकोटको २७ कार्टुन ओषधि वेवारीसे अवस्थामा सुर्खेत राकमको एक होटलमा रहेको भनि छापा पत्रपत्रिका मार्फत सार्वजनिक भएपछि औषधी आइपुगेको हो ।
स्वास्थ्य विभागले क्षेत्रिय स्वास्थ्य निर्देशनालयलाई अलपत्र औषधी बारे स्थलगत अध्ययन गरी आवश्यक जाँचबुझ गर्न निर्देशन दिएको थियो । क्षेत्रिय स्वास्थ्य निर्देशनालयको टोलीले जाजरकोटको औषधी भएको निश्कर्ष निकालेपछि अलपत्र अवस्थामा रहेको उक्त औषधी ल्याईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
काटुनमा साल्वोटामोल ५५ हजार र अल्वान्डाजोल ४ हजार टयावलेट , स्क्याविज लोसन २ सय पिस , ४ पेटी जीवनजल, पारासिटामोल २ कार्टुन , मेटोनिडाजोल ४ कार्टुन , एमकलोर एक लाख वीस हजार टयाब्लेट , कण्डम ४ हजार पिस , आर एल २० भाईल , मेटो सिरप २ हजार ४ सय पिस गरी गरी २७ कार्टुन औषधी आईपुगेको छ । औषधीको म्याद गुज्रने अवस्थामा रहेको छ । धेरैजसो औषधीको म्याद सकिन २ महिना मात्र बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्टोर किपर विद्या जैसीले बताए । एक महिनाको लागी भनेर राखिएको औषधी १५ महिना पछि लिएको सुर्खेत राकमको दीपक होटल संचालिका पुष्पा बुढाले बताईन ।
जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क उपलब्ध गराउने अत्याबश्यक औषधी नहुँदा उपचारमा समस्या परेको छ तर औषधी जथाभावी राख्दा पनि सम्वन्धित निकाय बेखवर हुनु चिन्ताजनक कुरा भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धिरजंग शाह आफु भर्खर जिल्लामा आएकोले यसवारे थाह नभएको बताए । स्टोरकिपर जैसीले भुलवस उक्त औषधी छुटन गएको बताए ।
यसैवीच डोल्पा लिनु पर्ने २ ट्याक्टर औषधी चार महिना देखी जिल्ला अस्पताल जाजरकोटमा थन्किएको छ । निशुल्क वितरण गर्ने भनेर सरकारले पठाएको औषधी समयमा स्वास्थ्य संस्थामा नपुरयाउदा म्याद सकिन थालेको छ । ठेकेदार प्रकाश खड्का र कार्यलयको उदासिनताले लामो समय सम्म जाजरकोटमा औषधी अलपत्र परेको हो । पुरै एउटा कोठामा औषधी थन्किदा समस्या परेको जिल्ला स्वास्थ्य प्रमुख शाह बताउँछन् ।
असोज १४ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको लापरवाहीले सुर्खेत राकमका एक होटलमा बेवारीसे अवस्थामा रहेको औषधी १५ महिना पछि जाजरकोट आईपुगेको छ ।
केही दिन अगाडी जाजरकोटको २७ कार्टुन ओषधि वेवारीसे अवस्थामा सुर्खेत राकमको एक होटलमा रहेको भनि छापा पत्रपत्रिका मार्फत सार्वजनिक भएपछि औषधी आइपुगेको हो ।
काटुनमा साल्वोटामोल ५५ हजार र अल्वान्डाजोल ४ हजार टयावलेट , स्क्याविज लोसन २ सय पिस , ४ पेटी जीवनजल, पारासिटामोल २ कार्टुन , मेटोनिडाजोल ४ कार्टुन , एमकलोर एक लाख वीस हजार टयाब्लेट , कण्डम ४ हजार पिस , आर एल २० भाईल , मेटो सिरप २ हजार ४ सय पिस गरी गरी २७ कार्टुन औषधी आईपुगेको छ । औषधीको म्याद गुज्रने अवस्थामा रहेको छ । धेरैजसो औषधीको म्याद सकिन २ महिना मात्र बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्टोर किपर विद्या जैसीले बताए । एक महिनाको लागी भनेर राखिएको औषधी १५ महिना पछि लिएको सुर्खेत राकमको दीपक होटल संचालिका पुष्पा बुढाले बताईन ।
जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क उपलब्ध गराउने अत्याबश्यक औषधी नहुँदा उपचारमा समस्या परेको छ तर औषधी जथाभावी राख्दा पनि सम्वन्धित निकाय बेखवर हुनु चिन्ताजनक कुरा भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धिरजंग शाह आफु भर्खर जिल्लामा आएकोले यसवारे थाह नभएको बताए । स्टोरकिपर जैसीले भुलवस उक्त औषधी छुटन गएको बताए ।
यसैवीच डोल्पा लिनु पर्ने २ ट्याक्टर औषधी चार महिना देखी जिल्ला अस्पताल जाजरकोटमा थन्किएको छ । निशुल्क वितरण गर्ने भनेर सरकारले पठाएको औषधी समयमा स्वास्थ्य संस्थामा नपुरयाउदा म्याद सकिन थालेको छ । ठेकेदार प्रकाश खड्का र कार्यलयको उदासिनताले लामो समय सम्म जाजरकोटमा औषधी अलपत्र परेको हो । पुरै एउटा कोठामा औषधी थन्किदा समस्या परेको जिल्ला स्वास्थ्य प्रमुख शाह बताउँछन् ।
प्रकाशित मिति:
September 30, 2013