औचित्यबिहीन चुनावको अर्थ छैन : असारे काका
असोज १४ । नेकपा माओवादीका नेता इश्वारी दाहाल (असारे काका) ले औचित्यबिहीन चुनाव गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।
जनगणतान्त्रिक सम्पर्क साधारण शाखा थारुवानले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले बृहत शान्ति सम्झौता विपरित सेना परिचालन गरेर चुनाव गराउन खोज्नुले देशलाई द्धन्द्धमा फसाउने षड्यन्त्र भइरहेको पनि बताए ।
कार्यक्रममा नेता दाहालले देशको राष्ट्रियता झनै खतरामा परेको भन्दै सबै एकजुट भएर लाग्नुपर्ने पनि बताएका छन् ।
बाध्य हस्तक्षेप देशमा निक्कै बढेको भन्दै बर्दियामा भारतीय प्रहरी नेपाल आएर खानतलासी गर्नु, एयरपोर्टमा अमेरिकी युद्धबाहक विमान आएर के ल्याएको थियो भनेर नभन्नुले सार्वभौमिकतामाथि कति हस्तक्षेप बढेको रहेछ भन्ने बुझ्न सकिने बताए ।
कार्यक्रममा गणतान्त्रिक सम्पर्क मञ्चका सेक्रेटरी राजु कार्की, थारुवान राज्य समिति सदस्य गौरवनाथ, जनगणतान्त्रिक सम्पर्क कञ्चनुपर अध्यक्ष निर्मला लगायतले यथास्थितिमा गराइने चुनावले निकास नदिने भन्दै आफूहरुलाई बाईपास गरे सशक्र प्रतिकार गर्ने उदघोष गरेका छन् ।
प्रकाशित मिति:
September 30, 2013