सुनको भाउ १ हजार घट्यो

शुक्रबार नेपाली बजारमा सुन तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर साताको पहिलो दिन नै १ हजारले सुन घटेर कारोबार भईरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको हो ।
आइतबर चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति:
September 01, 2013