• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Technology » कतै तपाईको पनि इमेल ह्याक त भएको छैन ?
कतै तपाईको पनि इमेल ह्याक त भएको छैन ?

भदौ १७ । संविधानविद् डा. भीमार्जुन आचार्यको जिमेलमा इन भ्यालिड लगिन एटेम्स् शिर्षकमा जिमेल एकाउन्ट बाटै इमेल आयो । त्यसपछि यो के हो भनेर उनले अलिक जाने बुझेकालाई सोधे पनि । जुन इमेलमा इमेलको सेक्युरिटीका लागि थप फर्म फिलअप गर्नोस् भन्ने ब्यहोरा भएको सम्बन्धित इमेल जिमेलबाट नै आएको हुनाले उनलाई फर्म फिलअप गर्न भनेर सुझाव आयो ।

त्यस पछि उनले फर्म फिलअप गरेर सुतेँ । तर, बिहान उठ्दा पो उक्त इमेल ह्याकरले पठाएको र आफ्नो इमेल ह्याक भएको थाहा पाए ।

आचार्यको जिमेल आइडी ह्याक गरेर ‘म टर्कीको स्तानबुलमा लुटिएँ, पासपोर्ट, क्रेडिट कार्ड सबै लुटियो, मलाई सहयोग गर्नोस् भन्दै सर्वत्र इमेल गरिएको थियो । उक्त कुरा थाहा पाएपछि आचार्य चकित नै परेका छन् ।

ह्याकरहरुले जिमेल आइडीबाट सेक्युरिटीको लागि फर्म भनुृहोस् भनेर पठाएको म्यासेज ।
यस्ता म्यासेज आचार्यको जिमेलमा मात्रै भने आएको होइन । अन्य थुप्रैमा आएको छ । तर, म्यासेजमा लगिन गरेर फर्म फिलअप गर्नेहरुको भने ह्याक भएको छ ।

उक्त इमेलमा क्लिक गरेर फर्म फिलअप गरेन भने जसबाट बच्न सकिन्छ । साथै, जिमेलमा मोबाइल नम्बर अर्थात टुस्टेप भेरिफिकेशन गरेमा अझै सुरक्षित बन्न सकिन्छ ।

यो त इमेल ह्याक भएको घटना मात्रै हो, ह्याकरहरुले बैंकहरुको नाम मार्फत आफ्नो बैंकिङ खाताबारे फर्म भर भन्ने र त्यहीँबाट पैसा झिक्ने समेत गरेका घटना पनि घट्दै आएका छन् ।

त्यस्तै, पछिल्लो पटक इमेलमा तपाईलाई यति करोड डलर बराबरको लोटरी परेको छ उक्त पैसा निकाल्न भ्याट (ट्याक्स) तिर्नुहोस् भनेर समेत ठग्ने क्रम बढेर गएको छ ।

यस्ता विषयमा काम कारबाही अगाडी बढाउनु भन्दा पहिले जान्ने बुझ्नेसँग सोधेर मात्रै गर्नु नै उत्तम मान्न सकिन्छ ।

प्रकाशित मिति: September 02, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


यस्तो छ हराएको मोबाइल भेट्टाउने उपा...

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पान...

अब मोबाइल एप्समा अधिकारका विषय

नेपालको इन्टरनेट भारतकोभन्दा फास्ट
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |