बर्ड डे मनाउँदै स्काईप
विश्वमै एक नम्बरको भिडियो च्याट सेवा प्रदान गर्दै आएको कम्पनी स्काइपले १० वर्ष पार गरेको छ ।
१० वर्ष अघि इन्टरनेटबाट भिडियो सेवा सुरु गर्दा कोही व्यक्तिलाई विश्वास लागेको थिएन तर भिडियो मार्फत कुरा गर्न सम्भव छ भनेर स्काइपले प्रमाणित नै गरिदिएको थियो ।
यसले छोटो समयमै विश्वभरका मानिसहरुलाई भिडियो च्याट भनेपछि स्काइप नै हो भनेर समेत बुझाउन सफल भयो ।
अहिले संसारको कुनै पनि स्थानबाट इन्टरनेटको सहायताले सजिलै भिडियो च्याट गर्न सकिन्छ ।

लन्डनको एक दम्पती लु योङ र हमिद सिरहानले पहिलो पटक स्काइप सेवा प्रयोग गरेका थिए ।
अमेरीकाका बाल चिकित्सक डा. मनिष बत्राले अहिले युगाडाका डाक्टरलाई प्रशिक्षण दिएका हुन्छन । उनी फोन इमेलबाट जानकारी दिनु भन्दा स्काइपको माध्यमबाट सोही ठाउँमा गएको जस्तै गरेर प्रशिक्षण दिएको महसुज हुने बताउँछन् ।
सन् २०११ मा दिग्गज सफ्टवेयर कम्पनीबाट माइक्रोसफ्टले ८.५ अरब डलरमा खरिद गरेको थियो ।
प्रकाशित मिति:
September 01, 2013