प्रचण्डलाई जथाभावी हेलिकप्टर नचढ्न आयोगको चेतावनी
कात्तिक १४ । निर्वाचन आयोगले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जथाभावी हेलिकप्टर नचढ्न चेतावनी दिएको छ ।
आयोगको प्रचण्डले अनुमति नलिई चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरेको समेत खुलासा गरिदिएको छ ।
आयोगको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता वीरबहादुर राईले आयोगको अनुमति लिएर मात्रै हेलिकप्टर प्रयोग गर्न दाहाललाई निर्देशन दिने निर्णय गरेको बताए ।
आयोगले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भने चुनाव प्रचारमा दुई भन्दा बढी गाडी प्रयोग गरेको भन्दै तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन समेत दिएको छ । एमाओवादीका अध्यक्ष प्रचण्डले आयोगको अनुमति बिना नै हेलिकप्टर प्रयोग गरेको भनेर आयोग आफैं भन्दै अनुमति लिएर मात्रै हेलिकप्टर प्रयोग गर्न सामान्य निर्देशन दिंदा थापालाई भने लिखित जवाफ मागेको हो ।
प्रकाशित मिति:
October 31, 2013