प्रचण्ड दैलेखमा जाने भएपछि दुई दिने दैलेख बन्दको घोषणा
कात्तिक १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दैलेख जाने भएपछि नेकपा माओवादी कार्यकर्ताले दुई दिने दैलेख बन्दको घोषणा गरेका छन् ।
प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन आउने थाहा पाए लगत्तै माओवादी कार्यकर्ताले आज र भोली दुई दिने दैलेख बन्दको घोषणा गरेका हुन् ।
बन्दका कारण दैलेख बजार सुनसान बनेको छ । दैलेखबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।
शिर्ष नेता जहाँ जान्छन् त्यहीं जिल्ला बन्द गर्ने केन्द्रको नीति अनुरुप जिल्ला बन्दको गरेको भन्दै माओवादी दैलेख इन्चार्ज रामलाल विकले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति:
November 01, 2013