उम्मेदवारी दिएको भोलिपल्टै सभाषदमाथि गोली हानियो

बारा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फका उम्मेद्वार दिएका आलममाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । भारतिय नम्बरको मोटरसाइकलमा आएका अज्ञात समुहले बाराको चैनपुर चोकनिर आलममाथि गोली प्रहार गरेर सिमा क्षेत्र तर्फ भागेका बताइएको छ ।
गोली प्रहार गर्ने समुहको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
आलमलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो । उनको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
प्रकाशित मिति:
October 04, 2013