प्रत्यक्षतर्फ १ सय ८५ जनाद्धारा उम्मेदवारी फिर्ता
काठमाडौं । घोषित निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका १ सय ८५ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।
उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन पूर्वाञ्चलबाट ३०, मध्यपश्चिमाञ्चल ३३, मध्यमाञ्चलबाट ८६, सुदुरपश्चिमाञ्चलबाट १६ र पश्चिमाञ्चलबाट २० जनाले उम्मेदवारी फिर्ता दिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी दिएका केहीले लिएका छन् । कैलाली ६ बाट कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवासंग वागी उम्मेद्वारी दर्ता गरेका गंगा कुँवरले पनि उम्मेदवारी फिर्ता लिए । कांग्रेस सभापति शुशिल कोइरालाविरुद्ध चितवनमा परेको वागी उम्मेद्वारी भने फिर्ता भएको छैन ।
एमाओवादी भित्रको बागी उम्मेदवारहरु पनि यथावत नै रहेका छन् । पार्टीले फिर्ता लिन भने पनि उनीहरुले पार्टीले नजित्ने मान्छे उठाएको भन्दै फिर्ता लिन मानेका छैनन् ।

प्रकाशित मिति:
October 09, 2013