काठममाडौं । बारा ४ का एमाले उम्मेदवार महमुद आलममाथि भारत विरोधी भएकै कारण गोली हानिएको खुलासा भएको छ ।
गोली प्रहारको घटनामा अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक दिनकरशमशेर जबरा नेतृत्वको सरकारी छानबिन टोली र काठमाडौंबाटै खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार बेलुकीसम्म गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको कान्तिपुरमा खबर छ ।
माले केन्द्रीय सदस्य र एमालेकै भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलमको स्वास्थ्य स्थिति गम्भीर रहेको चिकित्सकको भनाइ छ । 'घटनाको तौर, तरिका, गोली प्रहार गर्ने व्यक्तिबाट प्रदर्शित व्यवहारले घटना सामान्य अपराधीबाट नभएको निष्कर्षमा पुगिएको छ, सुरक्षास्रोतले भन्यो, ुअपराधीले आलमको नजिकै पुगेर निर्धक्क गोली प्रहार गरेको थियो । भाग्न खोज्दा मोटरसाइकल लडेपछि वरपरका मानिसले ती व्यक्तिहरूलाई समाउने प्रयास गरेका थिए । तर अपराधीले हवाई फायर गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको रहेछ । सार्प सुटरहरू मात्र यस्तोमा अभ्यस्त हुन्छन्, सामान्य अपराधी भए अत्तालिन्थे ।ु
आलमलाई भारतविरोधी गतिविधिमा संलग्न भनेर आरोपित गरिएको थियो । जिल्ला सुरक्षा निकायले ८ महिनाअघि नै आलमलाई अन्डरवल्र्ड डन दाउद इब्राहिम, पाकिस्तानी बाह्य गुप्तचर संस्था आईएसआईसँग जोडेर आरोपित गर्ने गरिएको र उनी अर्का अन्डरवल्र्ड डन छोटा राजनको निसाना तथा भारतीय सुरक्षा निकायको चासोभित्र रहेको प्रतिवेदन मुख्यालयमा बुझाएको थियो ।
जिल्लास्थित प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (राअवि० ले उनीमाथि उच्च सुरक्षा खतरा रहेको भन्दै मुख्यालयमा पत्राचार गरेका थिए । घटनाको एक साताअघि पनि राअविको जिल्लास्थित गुप्तचर इकाईले उनीमाथि खतरा रहेको सूचना दिएको थियो । 'अहिलेसम्मको अध्ययनले पूर्वसांसद मिर्जा दिलसाद बेग हत्यायताका घटनाको कडीकै रूपमा यो घटनालाई हेरिएको छ' एक अधिकृतले भने ।
बाहिरबाट आई एकाएक घटना गराउन नसकिने भएकाले स्थानीय तबरबाट सहयोग पुर्याएको छानबिनबाट देखिएको छ ।
Powered by Blogger.
भारतविरोधी भएकै कारण आलममाथि गोली हानि हत्या प्रयास
प्रकाशित मिति:
October 09, 2013