भ्रष्टचारी जेल मुक्त हुँदा १ सय ११ किलोमो फूलको मालाले स्वागत
काठमाडौँ । सुन्दा पत्यार नलाग्ला तर नेपालमा भ्रष्टचार अभियोग प्रमाणित भएर १४ महिना जेल बसेर निस्किएका भ्रष्टचारीलाई १ सय ११ किलोको फूलको मालाले स्वागत गरिएको छ।
भ्रष्टचार अभियोगमा १४ महिना लामो जेल सजाय पुरा गरी आज सार्वजनिक भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई उनका सार्मथक र कार्यकर्ताले १ सय ११ किलोग्रामको सयपत्री फूलको मालालले स्वागत गरेँ । खड्का जेल मुक्त हुँदा फूल माला र अभिरले उनलाई रंगाइएको थियो ।
भ्रष्टचारकै कारण देशका सरकारी निकाय अस्तव्यस्त भइरहेका बेला मुलुकको पुरानो र प्रजातान्त्रिक पार्टीको नेताले भ्रष्टचार अभियोगमा जेल परेर मुक्त हुँदा सोही पाटीका कार्यकर्ता बाजागाजासहित भ्रष्टचारीलाई स्वागत गर्छन् ? दृश्य देख्दा पनि लाज लाग्ने देखिए तर भ्रष्टचारी भने कुनै उच्च पदमा विजयी भएजस्तो हाँसी खुशी देखिन्थे । अझ उल्टै भाषण पनि गर्दै थिए ‘सर्वप्रथम म यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई दसैंको हार्दिक शुभकामना दिन चाहन्छु ।’
दसँैको शुभकामना मात्र दिने होइन राजनीतिक भाषण र आदर्शका कुरा पनि उनकै मुखबाट सुनिए । खड्का भन्दै थिए ‘यो राष्ट्र रहेन, नेपाल रहेन भने हामी नेपाली भन्न पाउँछौं कि पाउँदैनौँ ? त्यसकारणले राष्ट्रियता र प्रजातन्त्रको सम्बन्धमा कुनै पनि शक्तिसँग, कुनै पनि व्यक्तिसँग सम्झौता हुन सक्दैन ।’
खड्काको स्वागतका लागि डिल्लिबजार जेल अगाडि पुगेका कांग्रेस कार्यकर्ता समेत नाराबाजी गर्दै थिए र भन्दै थिए ‘संविधानले के भन्छ खुमबहादुरलाई ले भन्छ, खुमबहादुर खड्का जिन्दावाद’ ।
भ्रष्टचारको अभियोगमा जेल परेर मुक्त भएका खड्काको स्वागतमा कांग्रेस कार्यकर्ता कारागार परिसरमा पञ्चेवाजासहित पुगेका थिए । क

प्रकाशित मिति:
October 09, 2013