प्रचण्डलाई एनआरएनले सोधे- 'तपाईको छोरालाई कहिलेसम्म छाडा छाड्नुहुन्छ' ?
कात्तिक ६ । गैरआवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिहरुले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोरा प्रकाशलाई कहिलेसम्म छाडा छाड्ने हो भनेर प्रश्न गरेका छन् ।
संघको छैटौं विश्व सम्मेलनको चौथो दिन मङ्गलबार सम्मेलन स्थल आर्मी क्लब, भद्रकालीमा अष्ट्रेलियाबाट आएका प्रतिनिधिले दुनियाँका छोराछोरीले दुइटा विवाह गर्दा कारबाही हुन्छ, तपाईंका छोरा प्रकाश दाहाल यहीँ छन्। तपाईं उनलाई किन कारबाही गर्नु हुन्न भनेर समेत सोधेका थिए ।
यसैगरी, प्रचण्डलाई अमेरिकाबाट सम्मेलनमा सहभागी दर्शन रौनियारले भने देशका १७ हजार गरिब जनता मारेर के पाउनु भयो भनेर समेत प्रश्न तेस्र्याएका थिए ।
प्रश्नका क्रममा व्यक्तिगत लाञ्छना लगाउने गरी प्रश्न सोधेको भन्दै केही समय हलमा हल्लीखल्ली समेत भएको थियो । तर केही समयपछि प्रचण्डले उत्तर स्वरुप देशमा वलिदानी गर्ने बेलामा पलायन हुने र अहिले आएर ठूला ठूला कुरा गर्ने भन्दै यो नेपालको वर्तमान अवस्थासँग सुहाउदो नभएको भनेका थिए । उनले सो क्रममा आफूले गल्ती गरेको प्रमाणित भएमा आफू फाँसीमा पस्न तयार रहेको समेत जनाएका थिए ।
यसैबीच, राजनीतिक दलका शीर्ष नेताहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उठाएको दोहोरो नागरिकताको मागमा समर्थन जनाएका छन् ।

प्रकाशित मिति:
October 23, 2013