प्रकाशकी बिनाका कारण कञ्चनपुरमा हंगामा
असोज १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालकी तेस्री श्रीमती बिना मगरलाई पार्टीले कञ्चनपुर क्षेत्रर नं १ बाट प्रत्यक्षतर्फ टिकट दिएको छ । बिनालाई टिकट दिएलगत्तै कञ्चनपुर माओवादीमा तिव्र विवाद सिर्जना भएको छ ।
पार्टीको केन्द्रिय निर्वाचन परिचालन समिती र जिल्ला समितीले विनाको नाम सिफारीस गरेको थिएन् तर उनलाई एकाएक केन्द्रबाट उम्मेवदार बनाएपछि कंचनपुर माओवादीमा हंगामा भएको हो । विनालाई कंचनपुर १ बाट उम्मेवदार बनाएपछि त्यस क्षेत्रका कार्यकर्ताले सामुहिक राजिनामा दिने तयारी गरेका छन् ।
कंचनपुर जिल्ला पार्टीका संयोजक तथा पार्टी केन्द्रिय सदस्य खड्क बस्नेतले संयोजक र केन्द्रिय सदस्य पदबाट राजिनामा दिइसकेका छन् । उनी कंचनपुर १ का बासिन्दा र स्थापित नेता हुन् । बस्नेतको राजिनामाको कारण नखुले पनि बिनालाई टिकट दिएपछि उनले राजिनामा दिएको उनि निकट स्रोतको दावी छ ।
स्रोतकाअनुसार सुदुरपश्चिम ब्युरोको ईन्चार्ज शक्ति बस्नेत र लेखराज भट्टको सिफारीसमा मगरलाई टिकट दिइएको हो । पार्टी नेतृत्वले सुरुमा कंचनपुर १ बाट थारु जातिकालाई टिकट दिने बताएपनि एक्कासी विनाको नाम आएपछि त्यसक्षेत्रका कार्यकर्ता असन्तुष्ट बनेका छन् । कंचनपुर १ का सक्रिय नेता तथा कार्यकर्ताहरु अज्जव राना, पूर्व सभासद पुरन राना, रोशन खड्का भुवन एसके,पार्वती दुलाल,अथक महरालगायतका कार्यकर्तँले विनाको उम्मेवादारी कुनै हालतमा स्विकार्य नहुने भन्दै पार्टी नेतृत्वलाई निर्णय सच्याउन चेतावनी दिएका छन् ।
उनिहरुले कंचनपुर क्षेत्र नम्बर १ मा विना बाहेक अरु जोसुकैलाई टिकट दिएपनि आफुहरुलाई मान्य हुने बताएका छन् ।
प्रकाशित मिति:
October 01, 2013