सरकारको बजार अनुगमन जारी
असोज २६- चाड पर्वको हर्षोउल्लास संगै बजारमा अखाद्य बस्तु बेच्ने, तथा मिसावट हुने संभावना लाई मध्यनजर गर्दै नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैको बिचमा पनि अनुगमन जारी राख्ने जनाएको छ । दशैको टीकाको दिन वाहेक दशैका अरु सबै दिन प्रहरीको सहयोगका बजार अनुगमन जारी राख्ने विभागले जनाएको छ । विभागका अनुसार विशेष गरि होटेलहरुमा अनुगमन बढी हुनेछ ।
प्रकाशित मिति:
October 12, 2013