हर्षोउल्लासका साथ महाअष्ठमी मनाइदै
असोज २६-आज बडादशैंको आठौँ दिन, महाअष्ठमी पर्व । हिन्दू नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरहरुमा नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर मनाइँदैछ । आजका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिर्पूवक घटस्थापना गरिएको ठाउँमा महाष्ठमीको दिन विशेष भक्तितर्पूवक पुजाआजा गरिन्छ ।
आज बिहानैदेखि देशभरि शक्तिका प्रतीक मानिने महाकाली, महालक्ष्मी र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका दक्षीणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, ईन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्नेहरुको घुइचो छ । यसैगरी उपत्यका बाहिर काभ्रेकोे पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली तथा मनकामना, सप्तरीको छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, चितवनको मौकाकालिका, धादिङको त्रिपूरासुन्दरी, डोटीको शैलेश्वरीमा पनि बलि दिनेहरुको भीड लागेको छ । त्यस्तै धरानको दन्तकाली, नवलपरासीको दाउन्ने, नेपालगञ्जको बागेश्वरी र भोजपुरको सिद्धकाली लगायतका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लागेको छ । आज शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवालगायत पशुपंक्ष्ािको बलि दिने प्रचलन रहेको छ ।

प्रकाशित मिति:
October 12, 2013