उम्मेदवारलाई घरदैलोमा जान माओवादी र लिम्बुवानको रोक
कार्तिक ४ । पुर्वका जिल्लाहरुमा चुनावी प्रचारमा गएका राजनितिक दलका नेता कार्यकर्तालाई नेकपा माओवादी र लिम्बुवानका कार्यकर्ताले अवरोध गरेका छन् ।
नेकपा-माओवादी र मंच सम्बद्ध सघिय लिम्वुवान राज्य परिषदका औपचारीक रुपमै चुनाबी प्रक्रियामा सामेल नहुन आग्रह गर्दै एकीकृत माओवादी, काँग्रेस, एमाले, लगायतका दलहरुको चुनावी सभा तथा घरदैलो कार्यक्रममा नजान धम्की दिएका छन् ।
माओवादी र मोर्चाले पाँचथरका एमालेका उम्मेदार डम्बर सिंह सम्बाहाम्फे, काँग्रेस उम्मेदवार भिष्मराज आङदेम्वे चुनाबी प्रचाररमा अवरोध गरेका छन् । यसै गरी राप्रपा नेपालका उम्मेदवार पदमसुन्दर लावतीको गाडीमाथि आक्रमणको प्रयास गरेका छन् ।
प्रकाशित मिति:
October 21, 2013