एमाले उम्मेदवार मुहम्मद आलमको निधन
काठमाडौँ - नेकपा एमाले बारा क्षेत्र नं.४ का उम्मेदवार एवं नेकपा एमाले केन्द्रिय सदस्य महम्मुद आलमको निधन भएको छ।
एक हप्ता अघि गोली लागि गम्भीर घाइते भएका मियाको बिहिबार निधन भएको शिक्षण अस्पतालले जनाएको छ । मियामाथि गोली लागेपछि उपचारको लागि गत शुक्रबार राजधानीको शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो ।
आलामको शवलाई बिहिबार नेकपा एमालको पार्टी मुख्यालय बल्खुमा केही समय राखिएको छ भने उनको अन्त्यष्ठि गृहजिल्ला बारास्थित परवानीपुरमै लगेर गरिने मियाको परिवारले बताएको छ।
मंसिर चारमा हुने लागेको दोस्रो संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएकै भोलिपल्ट असोज १८ गते बाराको परवानीपुरस्थित चसावती मिल छेउमा आलममाथि अज्ञात समूहले गोली हानेको थियो ।
नेकपा एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलमलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर एक हप्तालामो उपचार प्रयास पछि शिक्षण अस्पतालले मृत घोषणा गरेको हो ।
आलामको मृत्युको खबर सँगै उनकोे गृह जिल्ला बारामा स्थानीय प्रशासनले उनका आफन्त र कार्यकर्ताले प्रदर्शन गर्ने खतरालाई ख्याल गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।
प्रकाशित मिति:
October 10, 2013