१० दिने आमहड्ताल परिवर्तन, १ दिन ठप्प अरु दिन गाडी मात्र नचल्ने
कात्तिक २४ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले १० दिने आमहड्ताल परिवर्तन गरेको छ ।
परिवर्तित आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि २५ गते मात्र आमहड्ताल गरिने भएको छ । २६ गतेदेखि मंसिर ५ गतेसम्म भने २४ सैं घण्टा सवारी बन्द गरिने तर अन्य बजार कलकारखाना भने खुल्न दिइने भएको छ ।
बन्दमा एम्बुलेन्स, रेडक्रस, अस्पतालका गाडी, शववाहन, फोहोर, पानी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडी, रिक्सा, साइकल र गेठा चल्न दिइने भनृ ३३ दलिय मोर्चाले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
विज्ञप्तिको पूर्णपाठ हेर्नुहोस्:
परिवर्तित आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि २५ गते मात्र आमहड्ताल गरिने भएको छ । २६ गतेदेखि मंसिर ५ गतेसम्म भने २४ सैं घण्टा सवारी बन्द गरिने तर अन्य बजार कलकारखाना भने खुल्न दिइने भएको छ ।
बन्दमा एम्बुलेन्स, रेडक्रस, अस्पतालका गाडी, शववाहन, फोहोर, पानी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडी, रिक्सा, साइकल र गेठा चल्न दिइने भनृ ३३ दलिय मोर्चाले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
विज्ञप्तिको पूर्णपाठ हेर्नुहोस्:
प्रेस वक्तव्य
आज
मिति २०७० कार्तिक २४ गतेका दिन ३३ दलीय राजनीतिक मोर्चाको बैठक
नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसी निम्न निर्णयहरु
लिइएका छन् ।
१. मुलुकको विद्यमान
सङ्कटलाई समाधान गर्नका लागि राजनीतिक शक्तिहरुको बीचमा राष्ट्रिय राजनीतिक
सहमतिको विकल्प छैन । त्यसैले सबै राजनीतिक शक्तिहरुको बीचमा गोलमेचसभाको
आयोजना गरी नयाँ संविधान निर्माणको मार्गचित्र सुनिश्चित गर्दै
संविधानसभाको निर्वाचनको प्रक्रियामा अगाडि बढौं भनी ३३ दलको तर्फबाट
निरन्तर रुपमा सरकार र ४ दलसँग आग्रह गर्दै आइरहेको यथार्थता सर्वविदितै छ ।
परन्तु, उक्त प्रस्तावलाई निषेध गर्दै ४ दल र सरकारले जबर्जस्त रुपमा
राष्ट्रघाती तथा जनघाती निर्वाचनको प्रायोजन गर्दैछ । त्यसको हामी घोर
विरोध एवम् भत्र्सना गर्न चाहन्छौं ।
२. राष्ट्रिय सहमति कायम
गर्नका लागि हामीले आन्दोलनका विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गर्दै
आइरहेका छौ्रं । यसै क्रममा यही कार्तिक २५ गतेदेखि १० दिनसम्म देशव्यापी
आम हडतालको कार्यक्रम घोषणा गरेका थियौं । उक्त कार्यक्रमलाई अझ प्रभावकारी
र सशक्त बनाउन त्यसका रुपहरुमा परिमार्जन गर्नुपर्ने विभिन्न समुदायहरुको
सुझावलाई पनि ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरुलाई निम्न अनुसार
परिमार्जन गरिएको छ ।
(क) यही कार्तिक २५ गते बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म
देशव्यापी आमहड्ताल गर्ने निश्चित गरिएको छ । उक्त दिन सम्पूर्ण यातायात,
बजार, कलकारखाना, शिक्षणसंस्थाहरु आदि सबै बन्द रहनेछ ।
(ख)
कार्तिक २५ गते बिहान ६:०० बजेदेखि मंसिर ४ गते बेलुका ५:०० बजेसम्म दिनरात
२४ सै घण्टा सम्पूर्ण यातायात हड्ताल गर्ने निश्चित गरिएको छ । जसअनुसार –
एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहार बोक्ने गाडी, पानी
बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक
नियोगका गाडीहरु, रिक्सा, साइकल र ठेलागाडा बाहेक सम्पूर्ण यातायातको
चक्काजाम हुनेछ ।
(ग) यस अवधिमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको विरोध तथा
बहिष्कारको पक्षमा देशव्यापी रुपमा प्रचार–प्रसार, विरोधसभा, विरोध
प्रदर्शन, जनप्रतिरोधका कार्यक्रमहरु आदि सञ्चालन हुनेछन् ।
३. उपरोक्त
आन्दोलनका कार्यक्रमहरुलाई समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण मजदूर,
किसान, यातायात मजदुर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, बुद्धिजीवी,
शिक्षक–विद्यार्थी लगायत सबै जनसमुदायहरुमा हार्दिक आग्रह गर्ने निश्चित
गरिएको छ ।
४. निर्वाचन बहिष्कार
गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार हुन् । परन्तु,
राज्यले बहिष्कार आन्दोलनको विरुद्ध दमन–धरपकड, झुठा मुद्दा र धम्की दिंदै
आतङ्क सिर्जना गर्न खोजिएको छ । त्यसको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार
गरिएका साथीहरुलाई विनाशर्त रिहा गर्न माग गर्दछ ।
५. मुलुकको राजनीतिक
निकासको निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक
सहमति कायम गर्नका लागि निर्वाचनको कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा
अगाडि बढ्नका लागि सरकार, ४ दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत
सबैमा ३३ दलीय मोर्चा फेरिपनि हार्दिक आग्रह गर्दछ ।
मिति ः २०७० कार्तिक २४
३३ दलीय राजनीतिक मोर्चा
प्रकाशित मिति:
November 10, 2013