सुन चाँदीको भाउमा ओरालो

लगातार भाउ घटिरहेका बेला मंगलवार ३ सय रुपैयाँले नै बढेर तोलामा ५३ हजार ८ सय पुगेको थियो । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
विवाहको सिजन सुरु भएपनि अघिल्लो वर्षको तुलनामा यो वर्ष सुनको कारोबार खासै बढ्न नसकेको व्यवसायीले बताएका छन् । चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति:
November 27, 2013