संविधानसभा प्रतिगमनकारीको हातमा :गुरुङ

उनले गोलमेच सभालाई थप वलियो वनाएर सहमतिका आधारमा संविधान निर्माण गरे मात्र मुलुकको समस्या समाधान हुँने बताए ।
नेकपा माओवादीलाई वाहिरै राखेर गरे
को संविधान सभामा माओवादीको सहभागिता बारेको जिज्ञाशामा नेता गुरुङले सहमतिको पहिलो विन्दु संविधानसभाको विस्थापनबाट सुरु हुने वताए ।
वर्तमान संविधानसभा प्रतिगमनकारीको हातमा पुगेकाले उक्त संविधानसभामा आफुहरु सहभागि नहुने उनले बताए । विस्तृत शान्ती सम्झौता भन्दा उच्च सम्झौताका आधारमा सहमतिको संविधान जारी गर्न दलहरु तयार हुनु पर्ने उनको जोड रहेको छ ।
एमाओवादीसँग कार्यगत एकताको सवालमा नेता गुरुङले एमाओवादी संविधानसभा भित्रको प्रकृयामा अल्झिएको र आफुहरु संविधानसभा विस्थापनको पक्षमा रहेकाले तत्काल कार्यगत एकता संभव नरहेको वताए । संविधानसभा विस्थापनको पक्षमा एमाओवादी आए उनीहरुसँग कार्यगत एकता सम्भव हुँनेमा गुरुङले प्रश्ट पारे ।
संविधानसभा भित्र विकल्प भन्दा संविधानसभा विस्थापन पछिको नयाँ विकल्पवारे आफ्नो पार्टीले सोचिरहेको उनले वताए ।
प्रकाशित मिति:
November 27, 2013