नेपाल इतिहास रच्दै टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट
मंसिर १२ । नेपाल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा भएको खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले नया इतिहास रचेको छ ।
आजको खेलमा कप्तान पारस खड्काको ३९ बलमा बनाएको सर्वाधिक ४६ रन बनाएर रन आउट भएका थिए ।शरद भेसवाकरको ७ बलमा बनाएको अभिजित १३ रन महत्वपूर्ण बनाए ।
यसैगरी नेपालका लागि सुवास खकुरेलले १६, सागर पुन २२ ज्ञानेन्द्र मल्ल ३० विनोद भण्डारी ७ र प्रदीप ऐरीले ३ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।
जित सँगै नेपाल ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट हुन सफल भएको हो । यो सँगै अब नेपालले २०१४ मा बंगलादेशमा हुने विश्वकप टी-ट्वान्टी खेल्ने भएको छ ।
विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत निर्णायक खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेपछि हङकङले पहिले व्याटिङ गरेको थियो ।
प्रकाशित मिति:
November 27, 2013