नेपालको विश्वकप क्रिकेटमा जाने सम्भावना बलियो
मंसिर १० । नेपालको विश्वकप क्रिकेटमा अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-ट्वान्टी विश्वकपमा सम्भावना बलियो भएको छ ।
यूएईमा भएको आईसीसी ट्वान्टी-ट्वान्टीको समूह चरणको खेलबाट तेस्रो स्थानमा परेपछि नेपाल भाग्यमानी साबित भएको हो ।
नेपाल र स्कटल्याण्ड समान ८ अंक बटुले पनि नेट रनरेटमा स्कटल्याण्डलाई पछि पार्दै नेपालले तेस्रो भएपछि नेपालले अर्को समूहको दोस्रो स्थानमा रहेको हङ्कङ्ग स भिड्ने छ । तीन डिजिटमा नेपाल र स्कटल्यान्ड समान ०.३७९ भए पनि नेपाल ०.०००१ अग्रता लिएकोले नेपाल तेस्रोमा रहन सफल भएका हो ।
हङ्गकङ्गलाई हराउन सके नेपाल सीधै विश्वकपमा भाग लिने अवसर पाउने छ यदि हङ्गकङ्गसंग हार बोहोरको खण्डमा पपुवा न्यूगिनी र नामिबियाबीचको प्लेअफ जित्ने टिमसँग खेल्ने मौका पाउनेछ ।
प्रकाशित मिति:
November 25, 2013