भरतपुर मेडिकल कलेजलाई सार्कस्तरको मान्यता
भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज (भरतपुर मेडिकल कलेज) ले शल्यक्रियामा सार्कस्तरको मान्यता प्राप्त गर्न सफल भएको छ।
सार्क सर्जिकल केयर सोसाइटीसहितको एक समूहको सर्भेबाट यस कलेजलाई शल्यक्रियामा सार्कस्तरीय मान्यता दिइएको हो। कलेजका निर्देशक भी नटराजप्रसादले अनुगमनका क्रममा सबै सेवा सुविधा उच्चस्तरको पाइएपछि कलेजले यस्तो मान्यता पाएको बताए।
आज साँझ अस्पतालमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यो नेपालमै पहिलो सार्क मान्यता प्राप्त कलेज भएको जानकारी दिए।
आइतबार अपराह्न औपचारिकरूपमा स्वास्थ्य सचिव डा प्रवीण मिश्रले मान्यताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको उनले पत्रकारलाई जानकारी दिए। यो मान्यता चितवनकै लागि गौरवको कुरा भएको बताए।
भोलि हुने औपचारिक घोषणा कार्यक्रमको तयारीसमेत पूरा भएको कार्यक्रम संयोजक डा. सुजित कुमारले बताए। सार्कस्तरका विशिष्ट व्यक्ति तथा चिकित्सकको सहभागितामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।
यो कलेजमा दैनिक औसत २० जनाको शल्यक्रिया गर्ने गरिएको चिकित्सक डा. सुजित कुमारले बताए। चितवन मेडिकल सिटीको रूपमा विकास भइरहेको र यहाँ सुविधायुक्त दर्जनाँै अस्पताल रहेकामा सार्कस्तरको मान्यता पाउनु अति नै महत्वपूर्ण भएको निर्देशक भी नटराज प्रसादले बताए।
गएको वर्ष विशेषज्ञसहितको एक टोलीले मान्यता दिन मिल्ने नमिल्ने विषयमा सर्भे गरेकामा उपयुक्त ठहरिएपछि सोसाइटीले मान्यता दिएको सो क्रममा जानकारी दिइएको थियो। यो अस्पतालको आइसियुमा मात्रै १०० कक्ष रहेको छ।
चितवनका विभिन्न अस्पतालमा तीन हजारभन्दा बढी शय्या रहेका छन्। आइतबार हुने कार्यक्रममा पाकिस्तान, भुटान, श्रीलङ्का, भारतलगायत सार्क मुलुकको विज्ञको समेत सहभागिता रहने बताइएको छ। रासस

प्रकाशित मिति:
December 01, 2013