आज विश्व एड्स दिवस मनाईदै
मंसिर १६ । आज डिसेम्बर १ अर्थात विश्व विश्व एड्स दिवस। नेपलमा पनि “एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई हुने शून्यमा पुर्याऔँ” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी देशैभर विश्व एड्स दिवस मनाईदै छ ।
नेपालमा एचआइभी र एड्ससम्बन्धी प्रभावकारी शिक्षा , जनचेतना ,रोकथामका बारेमा जानकारी दिन नसक्नुले दिनानु दिन एचआइभीको सङ्क्रमण बढिरहको बिभिन्न अध्यनले देखाएको छ ।
विश्वमा एचआइभी पिडितहरुमा उपचार, हेरचाह तथा सहयोगका लागि विश्वव्यापीरुपमै बृहत्तर जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेका वर्ष डिसेम्बर १ लाई विश्व एड्स दिवस मनाइने गरिन्छ।
नेपालमा एचआइभी संक्रमितहरुको संख्या १८ हजार ६ सय २६ पुगेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार एचआइभी संक्रमितहरुको अनुमानित संख्या ५६ हजार रहेको बताइएको छ । यस्तै विश्वमा सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको तथ्याक रहेको छ ।
प्रकाशित मिति:
December 01, 2013