डडेलधुरा बस दुर्घटना ११ जनाको मृत्यु ,३५ घाइते
मंसिर १६ । डडेलधुराको मेलखर्कमा आज बिहान ५ बजे भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्दार गरी स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
बाजुराबाट धनगढीका लागी छुटेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस डडेलधुराको मेलखर्क भन्ने स्थानमा करिब ३०० मिटर तल भिरमा झरेको प्रहरीले जनाएको छ ।
प्रहरीका प्रारम्भिक अनुसन्धानले सवारी चालक निदाएका कारण दुर्घटना भएको जनाएका छन् ।
प्रकाशित मिति:
December 01, 2013