तरकारीमा ९२ % बिषादी : कृषि मन्त्रालय
मंसिर १६ । नेपालभर खपत हुने बिषादीमध्ये ९२ प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने देखिएको छ । नेपालमा खपत हुने बिषादीमध्ये ८ प्रतिशतमात्र खाद्यान्न बालीमा उपयोग हुने बाँकी ९२ प्रतिशत टमाटर, काउली, भण्टालगायत दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने गरेको कृषि विकास मन्त्रालयको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।
विभागका अनुसार तरकारीमा प्रयोग हुने विषादीमध्ये सबैभन्दा बढी ९० प्रतिशत काठमाडौं उपत्यका नजिकैको काभ्रेमा खपत हुन्छ । त्यसपछि धादिङ, सर्लाही, बारालगायतका जिल्लामा बढी खपत हुन्छ ।
। ‘बिषादीको प्रयोग बढ्नु र त्यसमा पनि अधिकांश तरकारीमा मात्र प्रयोग हुनुले नेपाली उपभोक्ताको स्वास्थ्यमा कतिसम्म जोखिममा रहेको कारोबारले खबर छापेको छ ।
नेपालमा बार्षीक करिब साढे ३ सय मेट्रिक टन विषादी खपत हुने गरेको निर्देशनालयको तथ्यांक रहेको र यि सबै यी विषाधी अधिकांश बाहीरी मुलुबाट आयात हुने गरेको विभागको दावी रहेको छ ।
प्रकाशित मिति:
December 01, 2013