एमाओवादीका क्रान्तिकारी समूहसँग नेकपा–माओवादीको पार्टी एकता
पुस १ । नेकपा–माओवादीले एमाओवादी समूहमा रहेका क्रान्तिकारी कम्युनिष्टहरुलाई पार्टी एकताका लागि विशेष आह्वान गर्ने भएको छ ।
एक हप्तासम्म राजधानीमा चलेको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले पार्टी बाहिरका सच्चा क्रान्तिकारी कम्युनिष्ट समूह तथा व्यक्तित्वहरुसहित एमाओवादी समूहमा रहेका क्रान्तिकारी कम्युनिष्टहरुलाई पार्टी एकताका लागि विशेष आह्वान गर्ने निर्णय गरेको बताए ।
नेकपा–माओवादीले १२ बुदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज गरेको घोषणा पनि गरेको छ । मुलुक २०४७ सालकै अवस्थामा फर्किएको निष्कर्ष निकाल्दै १२ बुदे समझदारी र शान्ति सम्झौताको कुनै अर्थ नभएको माओवादीले घोषणा गरेको हो ।
पार्टी नेवा राज्य समिति कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष वैद्यले अब नया सिराबाट सहमति खोजिनुपर्ने बताए । अध्यक्ष वैद्यले राजनीतिक निकास निकाल्ने हो भने सर्वपक्षीय राजनीतिक सभा गर्न माग समेत गरेका छन् र्। हामीले पहिले देखि भन्दै आएका छौं, हामी अझै पनि राष्ट्रिय सहमतिको पक्षमा छौं’, अध्यक्ष वैद्यले भनेर्, सर्वपक्षीय राजनीतिक सभा गरौं, सबै बसौं, छलफल गरौं, त्यहींबाट संविधान बनाऔं ।’
संविधानसभा विघटनको मागलाई सशक्त रुपमा उठाउने तयारीमा रहेको माओवादीले राजनीतिक संयन्त्रमा जानै नसकिने समेत स्पष्ट पारेको छ । राजनीतिक संयन्त्र बनाएर सहमति गरी संविधान बन्न नसक्ने र त्यहा“ सहमति पनि हुनै नसक्ने माओवादीको ठहर छ । राजनीतिक सभामा भने सहमति जुट्ने उसले जनाएको छ । सर्वपक्षिय राजनीतिक सभा गर्ने भएमा सबैस“ग सहकार्य गर्न सकिन्छ’, अध्यक्ष वैद्यले पत्रकार सम्मेलनमा भनेर्, कांग्रेस एमाओवादी, एमाले सबैसग सहकार्य गर्न सकिन्छ ।’
कांग्रेस–एमालेको दुई तिहाइ बहुमत भएको संविधानसभाबाट जनपक्षीय संविधान बन्न नसक्ने ठोकुवा गर्दै माओवादीले अब जनविद्रोहको तयारीलाई तिब्रता दिने घोषणा समेत गरेको छ । पत्रकार सम्मेलनमा वैद्यले रुपान्तरणका लागि १० वर्षसम्म जनयुद्व भएपनि अब मुलुक ०४७ सालतिर गएकोमा जोड दिए र्। अब संविधानसभामा दुई तिहाइ अर्कै पक्षको भयो । एमाओवादी छैन, हामी पनि छैनौं । अर्को माओवादी पनि छैन’ अध्यक्ष वैद्यले भने, दुवै पक्ष आन्दोलनकारी नभएको अवस्थामा संविधानसभा पहिल्यै अवस्थामा गयो । ०४७ सालतिर पर्कियो ।’ अध्यक्ष वैद्यले पोलिटब्यूरो बैठक बसेर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत जानकारी दिए । माओवादीले छिट्टै विभिन्न स्तरका प्रशिक्षण तथा बैठकहरु सञ्चालन गर्ने, एकाईदेखि गाउ“, एरिया तथा जिल्ला हु“दै राज्यसम्म यसै पुस, माघ तथा फागुनमा तीन महिने सांगठनिक सुदृढीकरण अभियान सञ्चालन तथा सम्मेलनहरु गर्ने तथा संघर्षकाका प्रचारात्मक कामहरुलाई अगाडी बढाउने र ०७१ साल असार साउन र भदौमा राष्ट्रिय स्तरका सम्मेलन सञ्चालनस“गै असारमा पार्टीको सम्मेलन गर्ने गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष वैद्यले संविधानसभा छाडेर सडकमा एमाओवादीस“ग कार्यगत एकता हुनसक्ने समेत बताए । देशभक्त, वामपन्थी, जनवादी शक्तिहरुसग मिलेर मोर्चाबन्दी गरेर सडक संघर्षमा जाने घोषणा गरेका अध्यक्ष वैद्यले प्रचण्डहरु संघर्षमा आएको खण्डमा सहकार्य हुने उनको भनाई छ । 'तिथिमिति पुगिसकेको संविधानसभामा चिप्किनु भो भने हाम्रो सहकार्य हु“दैन । तर, फर्किएर आउनु भो भने सहकार्य हुनसक्छ’, पत्रकारहरुको जिज्ञासमा उनले भने, 'सहकार्यका लागि उहा“हरुले प्रत्यक्ष निर्वाचित सभाषदले राजीनामा दिनुप¥यो र समानुपातिक सभाषद पठाउनु भएन ।’
वैद्यले एमाओवादी आफ्नै कारणले यो अवस्थामा आईपुगेको समेत जिकिर गरेका छन् । विदेशी प्रतिक्रियावादी र संसदवादीस“ आत्मसर्पण गरेको तथा शान्ति प्रक्रियामा आएपछि सेनासहित जनयुद्धका सबै मुद्धा बली चढाएका कारण एमाओवादी अहिलेको जटिल अवस्थामा आउनु परेको अध्यक्ष वैद्यको भनाई छ ।
प्रकाशित मिति:
December 16, 2013